१५ चैत्र २०८०, बिहीबार

बाबुराम भट्टराईको टिप्पणी: टाउकाको ओखती नाइटामा लगाएर हुन्न !

Dr Baburam Bhattarai
फाइल फोटो

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीति दल र नेतृत्वको स्खलनका कारण देशमा चौतर्फी संकट देखा परेको टिप्पणी गर्नुभएको छ ।

देशमा चौतर्फी संकटको प्रमुख कारण नेपालका प्रमुख पार्टीहरू रहेको उल्लेख गर्दै डा. भट्टराईले काँग्रेस, ‘काँग्रेस’ नरहेको , कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहेको र समाजवादी ‘समाजवादी’ नरहेको सामाजिक सञ्जाल ट्विटर मार्फत टिप्पणी गर्नुभएको हो ।

गण्डकी प्रदेशमा आफ्नै पार्टीका संसदीय दलका नेता हरिशरण आचार्यले अर्थमा दाबी नछाडेका कारण मन्त्रालय विभाजनमा समस्या देखा परेको चर्चा चलिरहँदा अध्यक्ष डा. भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले राजनीति दल र नेतृत्वलाई रूपान्तरण अथवा नयाँ बनाउनुपर्ने अन्यथा समयले कसैलाई नपर्खिने चेतावनी समेत दिनुभएको छ ।

भट्टराईले ट्विटरमा लेख्नुभएको छ, “भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो।कांग्रेस ‘कांग्रेस’नरहनु; कम्युनिस्ट ‘कम्युनिस्ट’नरहनु; समाजवादी ‘समाजवादी’नरहनु! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं! नत्र समयले कसैलाई पर्खन्न है!’