८ बैशाख २०८१, शनिबार

लगातार दोस्रो बराबरीमा स्पेन, पेनाल्टीमा चुके मोरेनो

spain vs poland

युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र पोलयाण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

१६औँ संस्करणको युरोकप फुटबलमा स्पेनले लगातार दोस्रो खेलमा बराबरी खेलेको छ । शनिबार राति स्पेनले पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

सेभियामा स्पेनले पाएको अवसर गुमाउँदा बराबरीमा चित्त बुझाउन बाध्य भयो । स्पेनका खेलाडी पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

घरेलु मैदानमा स्पेनले पहिले अग्रता बनाए पनि त्यसलाई कायम राख्न नसक्दा र पेनाल्टीमा गोल गर्न नसक्दा पोल्याण्डसँग अङ्क बाँड्नु परेको हो ।

Spain vs Poland Highlights scaled 1

खेलको २५औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ५४औँ मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्यान्डलाई १–१ को बराबरीमा फर्काए । ५८औँ मिनेटमा स्पेनका जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्न सकेनन् ।

स्पेनले सन् १९९६ पछि युरोकपमा सुरुआती दुई खेल जित्न नसकेकाे याे पहिलाे पटक हाे ।

समूहमा स्पेनको यो लगातार दोस्रो बराबरी हो । बराबरीसँगै समूह ‘ई’को स्पेनले दुई खेलबाट २ अंक जोडेको छ । स्पेन तालिकाको तेस्रो स्थानमा छ । पोल्यान्ड दुई खेलबाट १ अंकसहित पुछारमा छ ।

अब अन्तिम खेलमा स्वीडेनले पोल्याण्ड तथा स्पेनले सलोभाकियासँग खेल्नेछ । स्पेनलाई नकआउट राउण्डा पुग्न स्लोभाकियालाई हराउनैपर्ने दबाब छ ।