११ बैशाख २०८१, मंगलवार

राज्यमन्त्री यादवद्वारा साइकल वितरण

WKgB0MQX 750x375 1

प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा आज ठुलो मात्रामा छात्राहरुलाई साइकल वितरण गर्नुभएको छ ।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव समुहका प्रभावशाली नेता समेत रहेका कृषि राज्य मन्त्री यादवले “ प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरूलाई आज साइकल प्रदान गर्नु भएको छ । कोरोना भाइरसलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनुपर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अर्थात सामाजिक दुरी कायम राख्दै कृषि राज्य मन्त्री यादवले रौतहटको तिनवटा विद्यालयमा कक्षा ८ मा अध्ययनरत सयौं छात्राहरुलाई साइकल वितरण गरेका हुन ।

यमुनामाई गाउँपालिका १ जेठरहिया माविमा कक्षा ८ मा अध्ययनरत ७७ जना, सोही वडाको जगदम्बा आधारभुत विद्यालयको ११ र माधवनारायण नगरपालिका ४ बालबिकास आधारभुत विद्यालयको १८ गरी जम्मा १ सय ६ जना छात्राहरूलाई मन्त्री यादवले शनिवार एकैदिन साइकल प्रदान गर्नु भएको हो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै मन्त्री यादवले यस कार्यक्रमले टाढा टाढा बाट विद्यालय आउने छात्राहरुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री यादवले प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शिक्षा विमा, महिला मैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरूलाई अघि बढाएर महिला सशक्तिकरणमा प्रदेशलाई अग्रपङ्तिमा राख्ने सोच लिएको बताउनु भयो ।

विद्यालयमा छात्राहरुलाई पढाईप्रति आकर्षित गर्ने उद्देश्यले प्रदेश सरकारले बेटी बचाउ बेटी पढाउ कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । महिला शिक्षा विना प्रदेश समृद्ध हुन नसक्ने यथार्थलाई बुझेर प्रदेश सरकारले एक पछि अर्को कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो । उहाँले प्रदेश सरकारले छोरीहरूलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत बताउनु भयो ।