११ बैशाख २०८१, मंगलवार

चेक रिपब्लिकसँग बराबरीमा रोकियो क्रोएसिया

1003123400 1024x688 1

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक बराबरीमा रोकिएका छन्।

विश्वकपको उपविजेता क्रोएसिया युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरीमा रोकिएको हो।

ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा सम्पन्न खेलमा दुबैले १-१ गोलको बराबरी खेलेका हुन्। क्रोएसिया र चेक रिपब्लिक १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन्।

पहिलो हाफमा १ गोलले पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो। उसका लागि इभान पेरिसिकले बराबरी गोल फर्काए।

यसअघि खेलको ३७ औं मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गर्दै चेक रिपब्लिकलाई सुरुवाती अग्रता दिलाएका थिए।

क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फउल गरेपछि भीएआरको सहायताबाट चेक रिपब्लिकले पेनाल्टीको अवसर पाएको थियो । जसमा उनले सहजै गोल गरे ।

क्रोएसियाले पटक पटक पाएका मौकालाई गोलमा परिणत गर्न सकेन।  चेक रिपब्लिकले पहिलो हाफको अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकिएकाे हाे।

यो सँगै समूह ‘डी’ चेक रिपब्लिक ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। क्रोएसिया १ अंकसहित तेस्रो स्थानमा छ। पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो।

चेक रिपब्लिकले पहिलो खेलमा स्कटल्याण्डलाई २–० ले हराएको थियो।

    सम्बन्धित समाचार...