७ बैशाख २०८१, शुक्रबार

दोलखा प्रशासनले भन्योः तामाकोशी थुनिएको छ सतर्क रहनू

तामाकोशी नदिको किनारमा रहेको किर्ने बजार

जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको भन्दै कुनै पनि समय तामाकोशीमा पानीको बहाव बढेर बाढी आउनसक्ने भएकाले सचेत गराएको हो।

नेपाल-चीन सीमा नजिकको बस्ती र नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने सम्भावना रहेकाले सजग रहन प्रशासनले सूचित गरेको छ। ‘खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतिर जानुहुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरून्त जानकारीसमेत गराउन अनुरोध गरिन्छ’, प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

notice