१५ चैत्र २०८०, बिहीबार

अविरल वर्षाका कारण बूढीगण्डकीमा आएको बाढीले दुई घर बगायो

kaligandaki1 1

धार्चे गाउँपालिका–१ स्थित यारु बगरमा बूढीगण्डकी नदीले केही दिनदेखि परेको लगातारको वर्षाका कारण आएको बाढीले दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले यात्रु बगरका स्थानीयवासी राजकुमार ढकाल र गोपाल घलेको घर बिहीबार साँझ बगाएको हो ।

त्यस्तै ढकालको घर नजीकै रहेको बाख्रासहितको खोरसमेत बगाएको उहाँले जानकारी दिनुभयो । घर बगाएको जानकारी पाएलगत्तै प्रहरी टोली त्यहाँ पुगेर पीडित परिवारलाई नजीकै छिमेकीको घरमा राखिएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो ।

“पीडित दुई परिवारलाई छिमेकीको घरमा आश्रय लिइरहनुभएको छ”, उहाँले भन्नुभयो, “थप जोखिममा परेका परिवारलाई समेत अयन्त्र सारिएको छ ।” नदीमा आएको बाढीले यारु बगरका थप सात घरसमेत उच्च जोखिमा रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।