१६ चैत्र २०८०, शुक्रबार

‘मेलम्ची क्षेत्रको अवस्था कल्पना गर्नै सकिन्न, फोन नहुँदा सम्पर्क नै विच्छेद’ (थप तस्बिर सहित)

s1

मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहसनहस भएको छ । हिजो दिउँसोदेखिको बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको हो । हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । प्रहरीले सात जना सम्पर्कविहिन भएको जानकारी दिएको छ ।

बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठुलठुला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले ५० जना भन्दा धेरै वेपत्ता भएको बताउनुभएको छ । बिजुली र सञ्चार सम्पर्क नहुँदा सूचना संकलनमा कठिन भइरहेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिनुभयो ।

‘मेलम्ची क्षेत्रको अवस्था कल्पनै गर्न नसकिने छ, बिजुली र सञ्चार सम्पर्क छैन, हामी माताहतका प्रहरीलाई पनि सम्पर्क गर्न कठिन भएको छ, अहिले सीडीओसहितको बैठक बसेर के गर्ने भन्ने छलफल गर्दैछौँ ।’ एसपी अधिकारीले भन्नुभयो । बाढीले कयौँ पुल, सडक,घरटहरा, खानेपानी आयोजना, क्रसर लगायतका संरचना बगाएको छ ।

200029016 10216780692864235 6211560526256685193 n
200248756 10216780777586353 3155695994082134695 n
200273287 10216780781346447 2089712700653940812 n
200300444 10216780690784183 1107514987547755474 n
200373097 10216780778066365 5134129215038516067 n
200426312 10216780757545852 3592169469163980353 n
200679419 10216780779306396 5738916697204267329 n
200679892 10216780780386423 3545229744243244738 n
200818792 10216780753585753 1778289069857247307 n
200832366 10216780776826334 1907523856418630321 n
200867455 10216780780666430 4522700591320098724 n
200960561 10216780778586378 4436506663451462195 n
201156045 10216780777106341 2861841213397203249 n
201324469 4597757153586298 5906479338501518378 n
201387437 4597756863586327 333420834242447986 n
201446545 10216780778306371 8473909140991679209 n
201899963 4597756996919647 3545351371688316664 n
202702558 10216780778826384 4119450380624819863 n
melamchi 3
melamchi flood 2 20210616012821