१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीज्यू, इजार कसेर संसदमा आउनुहोस्’ ओलीलाई भट्टराईले संसदबाटै जवाफ दिने

Dr Baburam Bhattarai

मातातीर्थ जग्गा प्रकरणमा ओलीलाई भट्टराईले संसदबाटै जवाफ दिने ।

समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोपको जवाफ संसदबाट दिने भएका छन् । मातातिर्थको सरकारी जग्गा व्यक्तिको नाममा बाँडेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री भट्टराईमाथि आरोप लगाएका थिए ।

मातातीर्थकाे सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएको आरोप लागेपछि डा भट्टराईले ट्विट गर्दै आफू ‘जसको जोत उसको पोत’ भन्ने नारासहित क्रान्तिमा होमिएकोले जनताले भोगचलन गरेको जमीन जनतालाई नै दिएकाे बताए।

उनले लेखेका छन्,

सरकारी जग्गा व्यक्तिका नाममा गरिदिएको आरोप लागेपछि पूर्वप्रधानमन्त्री डा भट्टराई स्थानीयबासीलाई भेट्न मंगलबार चन्द्रगिरी नगरपालिकाको मातातीर्थमा पुगेका थिए। सरकारले चालेकाे कदमप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही स्थानीय नेताहरु रुष्ट रहेकाे आफूले पाएकाे डा भट्टराईले बताए। डा भट्टराईले नक्कली कम्युनिस्टको विरोध नेकपाकै नेता/कार्यकर्ताबाट समेत भएको पाउँदा खुसी लागेकाे बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘महेन्द्रले समेत २०२६ सालमै छोडिसकेको र मोही/जोताहाको नाममा दर्ता भएको जग्गा खोसेर राजाको नाउँमा हुनुपर्छ भन्ने ओली मार्का नक्कली कम्युनिष्टको विरोधमा स्थानीय जनता मात्र हैन नेकपाकै नेता/कार्यकर्ता समेत भएको पाउँदा खुशी लाग्यो। यस्तै जागरण भूइँतहमा भैरह्यो भने ओलीतन्त्र छिटै ढल्नेछ!

यसैबीच, पूर्वप्रधानमन्त्री डा भट्टराईले बुधबार आफूमाथि लागेकाे आराेपबारे संसदमा कुरा राख्ने भएका छन्। भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले मातातीर्थ जग्गा प्रकरणमा उठेका प्रश्नबारे भट्टराईले कानुनी, राजनीतिक, नैतिक सबै कोणबाट संसदबाटै जवाफ दिन लागेकाे जनाकारी दिए।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,

प्रमज्यू, यती काण्ड, गोकुल काण्ड, जन्मदिनमा हेलिकप्टरमा केक लगेर काटेर गरिएको राजसी ठाँटबाँठ काण्ड हुँदै धेरै काण्डै काण्डको दलदलमा तपाईं फसिसक्नुभएको छ । हिन्दीमा एउटा उखान छ –हम तो डुबेंगे सनम, साथमे तुमको भि डुबाएङ्गे । यस्तै आफू डुब्ने निश्चितप्रायः देखेपछि आफूलाई मन नपर्नेजति सबैलाई डुबाउन सकिन्छ कि भनेर असफल प्रयास गरिराख्नुभएको छ । त्यो हामी सफल हुन दिँदैनौं । आज १ बजे संसदमा तपाईंको इजार राम्रोसँग कसेर आउनुहुन अनुरोध छ । तपाईंले पूर्वप्रम बाबुराम भट्टराईप्रति संकेत गर्दै मातातीर्थको जग्गा प्रकरणमा उठाउनुभएको प्रश्नलाई कानुनी, राजनीतिक, नैतिक सबै कोणबाट तपाईंलाई आज संसदबाटै जवाफ दिनुहुनेछ । ‘कम्युनिष्ट’ सरकारले ‘जनताको जोत, यति होल्डिङ्सको पोत’ बनाउन खोजे पनि हामी त्यसो हुन दिदैनौँ । ‘जसको जोत, उसको पोत’ नै हुन्छ ।

babu
dr baburam