१३ बैशाख २०८१, बिहीबार

नारायणी र राप्ती नदीमा पानीको बहाब बढ्दो छ, सतर्क बनौंः चितवन प्रशासन

narayani

चितवन प्रशासनले नारायणी, राप्तीलगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अत्यन्त जरुरी सूचना जारी गर्दै सो सर्तकता अपनाउन अनुरोध गरेको हो । सूचनामा चितवन लगायत आसपासका जिल्लाहरुमा लगातार पानी परिरहेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकोले आमनागरिकलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ । बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न पनि भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लाका सबै सुरक्षा निकायलाई अलट हुन भनिएको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, रातभर पानी परेकाले विहानैदेखि नदीमा पानीको बहाव बढेको छ,निरन्तर पानी परिरहेकाले नदी तटिय क्षेत्रमा जोखिम बढ्दो छ । उहाँले समयमै सचेत बनेर बस्न सबै जिल्लाबासीलाई आब्हान गर्नुभएको छ ।