२३ बैशाख २०८१, आईतवार

प्रदेश २ नियमावली संशोधन मस्यौदा समिति गठन, बजेट आज आउने

budget 750x375 1

प्रदेशसभा कार्य संचालन नियमावली, २०७५ लाई संशोधन गर्न नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ ।

सोमवार बसेको प्रदेशसभा बैठकमा साँसद पारस प्रसाद साहको प्रस्तावमा ५ सदस्यीय नियमावली संशोधन मस्यौदा समिति गठन भएको हो । समितिमा साँसदहरु रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, साबित्री देवी साह र सुन्दर बहादुर विश्वकर्मालाई राखिएको छ ।

मन्त्रालय परिवर्तन भएअनुसार विषयगत समितिहरुको कार्यक्षेत्र निर्धारण गर्न, प्रदेशसभालाई सूचना प्रविधिमैत्री बनाउन र प्रदेशसभा तथा सचिवालयलाई अझ व्यवस्थित तथा प्रभावकारी बनाउने उदेश्यले उक्त समिति गठन गरिएको छ । समितिको समयावधि १५ दिनको हुने बताइएको छ । समितिको कार्यक्षेत्र संविधानको धारा १९३, १९४ र १९५ बमोजिम हुनेछ ।

समितिको कार्यविधि सभामुखको निर्देशनमा रही समितिले आफ् नो कार्यविधि आफै व्यवस्थित गर्न सक्नेछ । समितिका सदस्यहरु आफु मध्येबाट सभापति चयन गरिने र समितिले आवश्यक ठानेमा अन्य व्यक्तिको सहयोग लिन सक्ने बताइएको छ ।

प्रदेशसभा बैठकमा सभामुख सरोज कुमार यादवले आर्थिक मामिला तथा योनजा मन्त्रालयले अगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेटको विषयमा पठाएको पत्र पढेर सुनाएका थिए । उनले असार १ गते दिनको ४ बजे बजेट सार्वजनिक गर्न प्रदेशसभा बैठक बोलाएको जानकारी गराए ।