१३ बैशाख २०८१, बिहीबार

यसै महिनादेखि रेल चलाउने तयारी

nepal railway 1

लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल्वे सेवा यही महिनाभित्रै सञ्चालन हुने भएको छ ।

कोरोना महामारीको अवस्था साम्य हुदै गएपछि रेल सञ्चालनका लागि तयारी गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले रेल विभागलाई निर्देशन दिएका छन् । रेल संचालन सम्बन्धी कानुन अध्यादेशबाट आईसकेको अवस्थामा अव आवश्यक तयारी गरि तत्काल रेल सञ्चालन गर्न मन्त्री नेम्वाङगले रेल विभागलाई निर्देशन दिएका हुन् । नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी, टिकट, भाडा दर सहितका कार्य पुरा गरिसकेको छ । रेल सञ्चालनको लागि पटक– पटक समय तोकियो, महाप्रबन्धक गुरु भट्टराईले भने,‘ तर केहि न केहि प्राविधिक तथा कानुनी समस्याको कारणले चलाउन सकेनौ । अव रेल चलाउन कुनै समस्या छैन । प्रतिक्षाको घडी समाप्त भईसकेको छ ।’ रेल्व सञ्चालन अघि नेपाली पक्षका कर्मचारीलाई प्रशिक्षण दिन २ असारमा भारतीय कर्मचारी जनकपुर आईरहेको महाप्रबन्धक भट्टराईले बताए । कोरोनाको दोस्रो लहर सुरु हुनु अघि पनि नेपाली कर्मचारीलाई तालिम दिन भारतीय कर्मचारीहरु जनकपुर आएका थिए । तर तालिम २ सुरु भएको दुई दिन नहुदै लकडाउन सुरु भएपछि उनीहरु भारत फर्केका थिए । रेल सञ्चालनका लागि तत्कालीन जनकपुर–जयनगर रेल्वका पुरानो कर्मचारी ७५ जना, चालक सहित प्राविधिकका २६ जना भारतीय कर्मचारी र प्रशासनका लागि १० जना कर्मचारीलाई करारमा नियुक्त गरि आवश्यक कर्मचारीको व्यवस्थापन गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले बताए ।

रेल सञ्चालनका लागि भारतीय रेल कम्पनी कोइनइकोन सँग वार्षिक ३५ करोडमा रेल सञ्चालन गर्ने विषय सहमति भएको महाप्रबन्धक भट्टराईले बताए । भारतीय पक्षसँग वार्षिक ३५ करोडमा रेल सञ्चालन सम्बन्धि सम्झौता भएको छ, उनले भने,‘ सम्भौतामा २६ जना भारतीय कर्मचारीको तलब भत्ता, दुवै रेल्वेको सर्भिसिङग, मेन्टिनेन्स,रेल्वे ट्रयाकको मेन्टिनेन्स्, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिने उल्लेख छ ।’ त्यसैगरि, सुरुको एक महिनाको डिजेल पनि भारतीय पक्षले नै दिने र पछि नेपाल रेल कम्पनीले आफ्नै पैसाले डिजेल खरिद गर्ने सम्झौता भएको उनले बताए । त्यसैगरि, स्टेशन तथा सब स्टेशनमा चाहिने फर्निचरहरु खरिद गरिसकेको उल्लेख गर्दै महाप्रबन्धक भट्टराईले भने,‘ हामी रेल सञ्चालनको पुरा तयारी गरिसकेका छौ, कोरोना संक्रमणको अवस्था समान्य भएगलतै असार महिनाभित्रै रेल सञ्चालन गर्छौ ।’ रेल्वेको भाडा दर समेत फाईनल भईसकेको उनले बताए । रेल्वेको न्युनतम टिकट १५ रुपैयाको हुने छ । अर्थात एक स्टेशनबाट अर्को स्टेशन सम्म जान कम्तिमा १५ रुपैयाँको टिकट खरिद गर्नुपर्छ । त्यसैगरि, जनकपुरदेखि जयनगर सम्मको जेनरल भाडा ७५ रुपैयाँ र एसीमा ३ सय सम्म तोकिएको उनले बताए ।

त्यसैगरि, तत्काल विहान, दिउँसो र वेलुका गरि दैनिक तीन पटक जनकपुर–जयनगर रेल सञ्चालन हुने छ । ‘सुरुमा एउटै रेल चलाउने हाम्रो मनसाय छ, यात्रुको संख्या बढेपछि थप अर्को रेल चलाउछौ’, महाप्रबन्धक भट्टराईले भने ।