१६ चैत्र २०८०, शुक्रबार

प्रदेशमा एमालेका एक हुन थालेपछि देउवा र प्रचण्ड झस्किए, कोटेश्वर पुगे नेपाल भेट्न

60c772732c827 madhva prechanda

माधव नेपालसँग भेट गर्न प्रतिपक्ष दलका नेता कोटेश्वर पुगेका छन् । सोमबार साँझ नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका हुन् । भेटमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको देउवानिकट स्रोतले जानकारी दिएको छ। भेटमा सर्वोच्च अदालतले नेकपा एमालेबारे गरेको निर्णयले पार्नसक्ने प्रभाव र आगामी रणनीतिका विषयमा पनि छलफल भएको छ। प्रदेशमा एमालेका सांसद एक हुन थालेपछि देउवा र प्रचण्ड झस्किएका छन्।

सत्तारुढ नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। एमालेले पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न असार २ गते बैठक आह्वान गरेको छ। पार्टी केन्द्रमा ओली र नेपाल पक्षबीच लडाइँ जारी रहेपनि दोस्रो पुस्ताका नेता तथा कार्यकर्ताहरूमा भने पार्टी एक हुनुपर्ने भावना देखिएको छ। सर्वोच्च अदालतले एमाले महाविधेशन कमिटीलाई मान्यता नदिएपछि पार्टी जेठ २ कै अवस्थामा पुगेको चर्चा सुरु भएको छ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीले एमालेलाई ०७५ जेठ २ अनुसार अगाडि बढ्ने संकेत गरेका छन् । तर, नेपाल समूहले भने प्रतिनिधिसभा विघटनको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आएको छ।

नेकपा एमाले भित्रको अन्तरसंघर्षको पेचिलो लडाइँमा रहेको बागमती प्रदेशभित्र आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित गर्न भने दुवै पक्ष एक ठाउँमा उभिएका छन्।