१४ बैशाख २०८१, शुक्रबार

ओलि पक्षका ७ जना सासँद निलम्बित

suderPashim uml

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ ।

संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।

सातजना मध्य रतन थापा र पठान सिंह बोहरा लाई १५ दिन, लिलाधर भट्ट र बलदेव रेग्मी लाई १० दिन र अन्यलाइ ७ दिनका लागि निलम्बन गरिएको संसदीय दलले जनाएको छ ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो ।

तर ओली पक्षका सांसद लिलाधर भट्ट, नेपालु चौधरी, रतन थापा, पठानसिंह बोहरा, ग्याल्बु बोहरा, माया तामाङ र बलदेव रेग्मीले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।

यस्तै उनीहरुले संसदीय दलको ह्वीप विपरी सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेका थिए ।

ओलि पक्षमा रहेका सांसद तथा पुर्व मन्त्री पठान सिंह बोहराले भने संसदीय दलको बिधान नै वैधानिक नभएका कारण भोलिको बैठकमा सहभागी हुने बताए ।