१५ बैशाख २०८१, शनिबार

सडक निर्माणमा लाहपरबाहीका कारण घर गोठ नै जोखिममा, कतिबेला घर गोठ भत्किने हो भन्ने त्रास

Main news 1 2

घर गोठको पछाडीको सडक कालोपत्रे हुँदै छ । सडक कालोपत्रे हुँदा गाउँलेमा खुसी छाएको छ । तर जिल्लाको बागलुङ नगरपालिका–१३ काभ्राबोटकी देवी शर्मा भने कतिबेला घर गोठ भत्किने हो भन्ने त्रासमा छिन् । बागलुङ सदुमुकामदेखि बलेवा भैरवस्थान जाने सडक कालोपत्रेका लागि स्तरवृद्धि गर्ने क्रममा शर्माको घर गोठ जोखिम परेको छ । त्यही सडकले नै शर्मालाई विस्थापित बनाएको छ । उनीसँगै यस क्षेत्रमा झण्डै ७ घर जोखिममा परेको छन् । सडक निर्माणको क्रममा भएको लाहपरबाहीका कारण शर्माको घर गोठमा पानी पसेर भत्किने अवस्थामा पुगेको छ भने अहिले उनको परिवार विस्थापित भएको छ ।

घरमा बस्ने अवस्था नरहेपछि घरमा रहेको सामग्री आफन्तको सहयोगमा नजिकै रहेको मन्दिरको सत्तलमा राखिदिएको । अहिले देवी र उनी छोरी विनिशा आफन्तकोमा आश्रय लिएका छन । ‘मोटरबाटोको नालीबाट आएको पानी घरमा पसेको छ । कतिबेला घर भत्किने हो भन्ने डरले हामी घरमै बस्न सकेनौं, शर्माले भनिन्,–‘घरमा रहेको सामान मन्दिरको सत्तलमा लगेर राखेका छु म र छोरी आफन्तकोमा बसेका छौ । भएको एउटा घर पनि भत्किने अवस्थामा पुग्यो अब कहाँ बस्ने हो के गर्ने हो ।’

Main news 2 2

सडक निर्माणको क्रममा घरको दायाँ बाँया घरमै जोडर मेसिनरी वाल लगाईयो छ भने पछाडिको भागमा तोकिएको काम समयमा नहुँदा सडकले घर पेलिएर भत्किने अवस्थामा पुगेको शर्मा बताउँछिन् । आर्थिक रुपमा पनि विपन्न शर्माको परिवारमा श्रीमानले दोस्रो विवाह गरेर कान्छी श्रीमतीसँग बस्दै आएका छन । ‘अर्को घर निर्माण गर्ने क्षमता पनि छैन घर बनाउने ठाउँ पनि छैन,’ शर्माले भनिन्,‘छोरीलाई पढाउन खर्च जुटाउने जनतन परिश्रम गरेर जोहो गरेकी छु । हाम्रा लागि हेर्ने कोही छैन । अब त न बस्ने बास सुरक्षित छ न अन्य कुराको जोहो । घर गोठ नै भत्किने र बस्ने अवस्था नगरहेको हुँदा नगरपालिमा क्षतिपूर्तिका माग गरेता पनि नगरपालिकाले वास्ता नगरेको उनले बताईन ।

सडकले शर्माको घर गोठ मात्र हैन स्थानीय रत्नाकर शर्मा र आसपासका घरका साथै शिव मन्दिर पनि जोखिममा रहेका छ । सडक निर्माणको क्रममा मापदण्ड पूरा गर्ने नाममा जथाभावी गरी घर गोठ नै जोखिममा पारेको स्थानीय युवा पंकज पौडेल बताउँछन् । ‘सडक नापजाँच गर्ने ईन्जिनियरले लागत अनुमान नै गलत गरेको छ । यसरी घर गोठ नै जोखिम हुने गरी मापदण्ड पूरा गर्ने नाममा मनपरी भएको छ । पौडेलले भने,–‘जोखिम मोलेर हामी कति दिन सम्म बस्ने हो ईन्जिनियरलाई भन्दा ठेकेदारलाई भन्नु भन्छ ठेकेदारलाई भन्दा ईन्जिनियरले देखाईदिएको काम गरेका छौ भन्ने जवाफ आउँछ । जोखिम रहेको घर परिवारलाई तत्काल कुनै व्यवस्था नगरेमा स्थानियहरुले सडक नै बन्द गर्ने चेतावनी दिएको पौडेलले बताए ।

बागलुङ नगरपालिकाका ईन्जिनियर मनोज शर्माले भने निर्माण व्यवसायीले लागत अनुमान अनुसार काम नगर्दा घर गोठ जोखिममा परेको बताएका छन । ‘हामीले घरमा नै लगेर वाल जोड्नु भनेर लागत अनुमानमा दिएका छैनौ ठेकदारको लापरबाही हो शर्माले भने,–‘निर्माण व्यवसायीलाई घर पछाडीको भागमा तुरुन्त मेसिनरी वाल निर्माण गर भनेका छौ दायाँ बाँया घरमा लगेर जोडेको वाललाई पनि भत्काएर पुन निर्माण गर्न लगाएका छौ । व्यवसायीले भनेको समयमा लागन अनुमान अनुसार काम नगर्दा हरेक क्षेत्रमा अपठ्यारो पर्ने शर्मा बताउँछन ।

यस सडक कालेपत्रेका लागि रौतहा कन्ट्रक्सनले जिम्मा लिएको छ । ३ किमी २ मिटर सडक कालेपत्रेका लागि ६ करोड नौ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मा लिएको छ । उक्त घर भएको सडक क्षेत्र साँघुरो भएका कारण सडक नै बन्द गरेर काम गर्नुपर्ने भएका कारण केही दिन ढिला भएको निर्माण व्यवसायी सुशिल लामिछाने बताउँछन । लामिछानेले नगरपालीकाले दिएको लागत (ईस्टुमेट) अनुसार काम गर्ने बताए । उनले जोखिममा रहेको घर पछाडीको केही काम बाँकी रहेको र २÷४ दिनमा नै काम सम्पन्न गर्ने अठोट गरे ।

उक्त सडक खण्डले यस क्षेत्रमा जोखिममा परेका सबै घर गोठ र अन्य संरचनाका बारेमा वडा कार्यालयबाट जानकारी गराएको अध्यक्ष नारायण शर्मा पौडेल बताउँछन । नगरपालिकाको बजेटमा कालेपत्र गर्न लागिएको हो । ईञ्जिनियरले भने अनुसार ठेकदारले काम गर्नुपर्छ । जोखिममा रहेका घरको व्यवस्थापन कसरी गर्ने हो त्यो नगरपालिको सोच्नुपर्दछ पौडेलले भने वडा कार्यालयलाई कुनै राहत र क्षतीपुर्ती दिने अधिकार र व्यवस्था छैन । यसको बारेमा नगरपालिको तत्काल के गर्ने हो गर्नुपर्दछ । उनले सडक मापदण्डमा परेका घर गोठका बारेमा नगरपालिकाले नयाँ मापदण्ड तयार पार्नुपर्ने बताए । यो सडक कालेपत्रे भए सँगै जिल्लाको अमलाचौर र महत्वपूर्ण धार्मिक स्थल भैरवस्थान मन्दिर जानका लागि सहज बन्ने छ ।

Main news 3 1