१४ बैशाख २०८१, शुक्रबार

२९ अर्ब हाराहारीको बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी

sudur pradsh shabha

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षकोभन्दा आकार घटाएर आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने तयारी गरेको छ ।

आइतबारको प्रदेशसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेसँगै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेशसभाको बैठकमा बजेट पेस गर्ने तयारी गरेको छ । आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउदले बजेटको सबै तयारी पूरा भएको बताए। उनकाअनुसार बजेटको आकार चालु आर्थिक वर्षकोभन्दा कम हुनेछ ।

२९ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षमा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट प्रदेश सरकारले ल्याएको थियो । चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पूँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विनियोजन गरिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने गरी महामारी नियन्त्रण केन्द्रित बजेट आउने बताए ।