१४ बैशाख २०८१, शुक्रबार

बालिकालाई बलात्कारको प्रयास गर्ने एकजना पक्राउ

RAPE
सांकेतिक तस्विर

दार्चुलामा १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

महाकाली नगरपालिका–७ धापका २५ वर्षीय कपीलराम कोलीलाई प्रहरीले पक्राउ गरेको हो।
जेठ २१ गते पीडित बालिकालाई बलात्कार गर्न खोज्ने आरोपित कोलीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका आरोपितविरुद्ध जबरजस्तीकरणी उद्योग अन्तर्गत आइतबार मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।