१४ बैशाख २०८१, शुक्रबार

काठमाडौं उपत्यकामा ६०७ सङ्क्रमित थपिए

corona
फाइल फोटो

काठमाडौं उपत्यकामा कोरोनाका ६०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा देशभरि दुई हजार ४९ सङ्क्रमित थपिएकोमा उपत्यकामा ६०७ जना छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं जिल्लामा ३९६, ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा हाल आठ हजार १८२, ललितपुरमा तीन हजार ४४२ र भक्तपुरमा दुई हजार ४३४ जना सक्रिय सङ्क्रमित छन् ।
काठमाडौंमा हालसम्म एक लाख ९९ हजार २७४, ललितपुरमा ३६ हजार १९८ र भक्तपुरमा २१ ह्जार ५३८ जना सङ्क्रमित भएका छन् । काठमाडौंमा हालसम्म एक हजार ७८०, ललितपुरमा ५१४ र भक्तपुरमा ३५१ जनाको मृत्यु भएको हो ।