१४ बैशाख २०८१, शुक्रबार

दाईबाट १० बर्षकी बहिनी बलात्कृत

RAPE
सांकेतिक तस्विर

हुम्लाको चंखेली गाउँपालिका वडा नम्वर २ को दार्मामा जेष्ठ २६ गते बुधबार १० वर्षिय बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गर्ने अरु कोही नभएर तिनै बालीकाका आफ्नै दाई थिए । एउटै कोखबाट जन्म लिएका नभए पनि १३ दिने खलकका दाईले बहिनीको अस्मितामा दाग लगाएका छन् । चंखेली गाउपालिका २ दार्माको बालज्योती आधारभुत विद्यालयमा कक्षा २ मा पढ्दै आएकी बहिनीलाई कापी कलम दिने प्रलोभनमा पारी आफ्नो घरमा बोलाएर घरमा कोही नभएको समयमा दाईले आफूमाथि करणी गरेको उनले आरोप लगाएकी छन्।

आफ्नै १३ दिने खलककी बहिनीलाई बलत्कार गरेका अन्दाजी १५ बर्षका किशोर अहिले फरार छन् । उनी २६ गतेबाटै फरार भएको र अहिले उनको खोजीकार्य भई रहेको प्रहरीले बताएको छ ।

२६ गते घटना भएको भएपनि प्रहरीले २७ गते राति ९ बजे मात्र खबर भएको र त्यस लगत्तै घटनास्थलमा प्रहरी पुगेपनि २६ गते नै ती किशोर फरार भई सकेकाले अहिले प्रहरी निरिक्षक नेतृत्वमा तीव्र रुपमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।