८ बैशाख २०८१, शनिबार

काठमाडौंमा निषेधाज्ञा थपिने तर,मोडालिटी भने परिवर्तन हुने

lockdown 17
फाइल फोटो

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा लम्बिइने तर, कति साताको लागि लम्बिइने त्यसको बारे कुनै निर्णय नभएको बताउनुभएको छ ।

जिल्ला अधिकारी निरौलाले कुरा गर्दै भन्नुभयो, ‘निषेधाज्ञा कति लम्ब्याउने भन्ने कुरा आएको छैन । धेरै मिडियाका साथीहरुले यस विषयमा जिज्ञासा राख्नुभएको छ तर, निषेधाज्ञा एक साता, १० दिन वा १५ दिन कति समयको लागि लम्ब्याउने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।’

तर अब थपिने निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन हुने उहाँले बताउनुभयो । साथै यस विषयमा अन्य जिल्ला अधिकारीहरुसँग छलफल हुन बाँकी रहेको उहाँले भन्नुभयो । ‘अहिले बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब केही सयम थप गरेर खोल्न दिइनेछ,’ उहाँले भन्नुभयो ।