१४ बैशाख २०८१, शुक्रबार

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्र, दीपक मनाङे सहित अन्य चार मन्त्रीले लिए सपथ

new oath gandaki

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

शनिबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली काँग्रेसका संसदीय दलका नेता पोखरेलसँगै अन्य ४ जना मन्त्रीलाई शनिबार राति प्रदेश प्रमुख सीताकुमारी पौडेलले एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

काँग्रेसबाट कुमार खड्का,नेकपा माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले बिना बिभागीय मन्त्रीका रुपमा सपथ लिनुभएको छ ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार शनिबार दिउँसो पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

पोखरेल काँग्रेस, माओवादी केन्द्र, राजमो र जसपा गरी चार दलका ३० सांसद तथा एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो ।