१३ बैशाख २०८१, बिहीबार

दयाहाङ र सौगातको ‘२ नम्बरी’मा फरक गेटअप

2numberi first look

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्मको फस्टलुकमा मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन र वुद्दि तामाङलाई देख्न सकिन्छ ।

फिल्ममा दया र सौगातको गेटअप केही फरक छ । २ साथीको मित्रताको कथामा बनेको यो फिल्मको फस्टलुकले उत्सुकता जगाउने निश्चित छ । फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छिन् ।

फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, जयन जे वाइवाको संगीत छ । यो फिल्म कार्तिकको ४ गतेबाट तिहारको अवसरमा रिलिज हुँदैछ ।

2 numberi first look photo