१९ बैशाख २०८१, बुधबार

‘मिस नेपाल २०२०’ को घोषणा, ९ शहरमा अडिसन हुने

miss nepal crown

‘मिस नेपाल २०२०’ को घोषणासँगै आवेदन खुला गरिएको छ । मिस नेपालको आयोजक संस्था ‘दी हिडन ट्रेजर’को २५ औं स्थापना दिवस मनाउँदै ‘मिस नेपाल २०२०’ आयोजनाको घोषणा गरिएको हो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस सौन्दर्य प्रतियोगीता आयोजनाको घोषणा गरिएको हो । औपचारिक घोषणासँगै देशभरिका वा विदेशमा रहेका नेपाली नागरिकता भएका युवतीहरुले अनलाइनमार्फत निःशुल्क आवेदन भर्न पाउने जानकारी पनि आयोजक टिमले दिएको छ । इच्छुक नेपाली युवतीहरुले मार्च २७ सम्म अनलाइनमार्फत आवेदन दर्ता गरिसक्नुपर्ने छ ।

यस वर्षको मिस नेपालको फिनाले १५ मार्च शुक्रबार मिस नेपालको हस्पितालिटि पार्टनर दरबारमार्गस्थित होटल अन्नपूर्णमै आयोजना गरिने जानकारी पनि आयोजकले दिएको छ ।

यो वर्षबाट ‘दी हिडन ट्रेजर’ले कान्तिपुर टेलिभिजन मिडिया पार्टनर बनेको छ । यस हिसाबमा यो वर्षबाट मिस नेपालको ग्रान्ड फिनाले कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने छ ।

योसँगै यस वर्षबाट नेपाल विजेताहरुलाई प्रदान गरिने पुरस्कारको राशि बढाएर प्रति विजेता रु. २ लाख पचास हजार पुर्‍याइएको पनि जानकारी दिएको छ । जुन त्रैमासिक भत्ता र पुरस्कारको रुपमा प्रदान गरिने छ ।

आयोजक संस्था ‘दी हिडन ट्रेजर’ले विभिन्‍न अवरोध, चुनौती सामना गरेर २५ औं वसन्तसम्म आउँदा समाजमा एक सम्मानित सौन्दर्य प्रतियोगीत बन्न सकेकोमा गौरवान्वित महसुस भएको पनि बताए ।

मिस नेपाल अडिसनका लागि आयोजक टिम ८ देखि २४ मार्चसम्म काठमाडौंसँगै देशका सातैवटा प्रदेशका मुख्य मुख्य सहरहरु धनगढी, नेपालगञ्‍ज, बुटवल, पोखरा, चितवन, विरगञ्‍ज, धरान र बिर्तामोडमा जाँदैछ भने अन्तिम अडिसन २८ मार्चमा होटल अन्नपूर्णमा हुनेछ ।

मिस नेपाल २०२० को मुख्य प्रायोजक यामाहा छ भने सहप्रायोजक रुसलान एफएम ९५.२ र लिभोन छ ।

पत्रकार सम्मेलनमा मिस नेपाल वर्ल्ड २०१९ अनुष्का शर्मा, मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ २०१९ रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल २०१९ मिरा कक्षपति र मिस नेपाल सुपरनेश्नल २०१९ रोज राणा उपस्थित थिए ।

मिस नेपाल प्रतियोगी हुनको लागि आयोजक टिमले केही मापदण्ड तोकेको छ । जसमा पहिलो उचाई रहेको छ । मिस नेपालको प्रतियोगी हुनको लागि युवतीहरु कम्तिमा ५.४ फिटको उचाईको हुनु पर्नेछ भने उमेर १८ देखि २६ सम्मको हुनुपर्नेछ । यस्तै अविवाहितका साथै शरीरमा ट्याटु नभएका नेपाली नागरिकता भएको हुनुपर्दछ ।

यस वर्ष मिस नेपालमा ४ वटा मात्रै विधा समावेश हुनेछ । मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेश्नल र मिस नेपाल सुपर नेश्नल । मिस युनिभर्स भने यस वर्ष हुनेछैनन् । हरेक वर्ष रिन्यु गर्नुपर्ने यस विधामा यो वर्ष भने नेपालीलाई अनुमति दिएको छैन् ।

कारणबारे निर्देशक राजकर्णिकार भन्छन्, ‘उहाँहरुले मेल गरेर रिन्यु नगर्ने जानकारी दिनुभयो । हामीले कारण सोध्दा केही कारण देखाउनु भएन । उहाँहरुले अर्को वर्षको लागि पुनः अनुमति दिन सक्नु हुन्छ ।’

    सम्बन्धित समाचार...