१४ बैशाख २०८१, शुक्रबार

कोरोनाबाट २७ सयको मृ’त्यु’, ८० हजार संक्रमित

corona

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या दुई हजार सात सय पुगेको छ।

भाइरसबाट २७ सय १ जनाको मृत्यु भएको छ । मंगलबार बिहानसम्ममा चीनमा मात्रै यो संक्रमणबाट २ हजार ६ सय ६३ जनाको ज्यान गएको छ ।

पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक÷एक जनाको ज्यान गएको छ ।

कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेका छन् ।

पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको छ ।

८० हजारभन्दा बढीमा कोरोनाको लक्षण

चीनको हुवेबाट सुरु भएको भनिएको कोभिड १९ भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको एजेन्सीहरूले जनाएका छन् । जसमध्ये दुई हजार ४९१ चीनको मुख्य भूमि बाहिरका छन् ।

कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८९३ जनामा देखिएको छ । दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन् ।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकरएक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन् ।

सिकिस्त बिरामीमध्ये मृत्युदर ९ प्रतिशत छ ।

विश्व महामारी!

विश्व स्वास्थ्य संगठनले कोेरोना भाइरसको प्रकोपलाई विश्व महामारी घोषणा गरिहाल्नु हतार हुने जनाएको छ। यद्यपि, यसको संंक्रमण चीन बाहेकका देशमा पनि फैलदै जाँदा त्यसतर्फको तयारी भने गर्नुपर्ने संगठनको भनाई छ।

चीनपछि दक्षिण कोरिया, इटाली, इरानमा कोरोना संक्रमणका घटना बढ्न थालेपछि अमेरिका लगायत विश्वका विभिन्न देशले ती देशमा नजान आफ्ना नागरिकलाई सूचना जारी गरेका छन्।

नेपालले पनि दक्षिण कोरिया जाने नेपाली कामदारको कार्यक्रम हाललाई स्थगित गरेको छ।