१२ श्रावण २०७८, मंगलवार

भावनामा बहकिएँर प्रधानमन्त्रीको हत्या गर्छु भने,अभिव्यक्ति फिर्ता लिन्छुः सांसद वैद्य

Narottam Baidhya
फाइल फोटो

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन्। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने उनले बताएका हुन्‌।

‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग समय मागेको छु’, उनले भने, अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्छु।’ प्रधानमन्त्रीका पछिल्ला व्यवहारले भावनामा बहकिएर आफूले हत्या गर्छु भन्ने अभिव्यक्ति दिन पुगेको भन्दै उनको प्रष्टिकरण छ।

‘उहाँमा आफूबाहेक अरूलाई नस्वीकार्ने प्रवृत्ति बढ्दै गएको छ’, वैद्यले भने, ‘संविधान र कानून सबै मिचेर हिँड्नुभएको छ, त्यसैले मैले बोल्ने क्रममा भावनामा बहकिएको हुँ।’

शुक्रबार प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा वैद्यले प्रधानमन्त्री केपी ओलीले मनलाग्दी गरेको भन्दै नाथुराम गोड्से आवश्यक परेको र कोही बन्न तयार नभए आफैँ बन्ने बताएका थिए। ​नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन्।