
नेपाली कांग्रेसले बागमती प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएको बताए ।
त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।