१२ बैशाख २०८१, बुधबार

जसपा दुई दिनमा निर्णायक

jasapa
फाइल फोटो

जनता समाजवादी पार्टी(जसपा)का महन्थ ठाकुर–राजेन्द्र महतो समुह र उपेन्द्र यादव समुहका लागि शनिवार र आइतवार निर्णायक रहनेछ ।

ठाकुर, महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्र शुक्ललाई पार्टीबाट निष्कासन गरेको यादव समुहले निर्वाचन आयोगमा दर्ता गराएको बहुमत सहितको निर्णयलाई चुनौती दिन ठाकुर–महतो समुहले पाएको सात दिने समयको अन्तिम दुई दिन बाँकी रहेको छ । ठाकुर–महतो समुहले यादवलाई पार्टीबाट निष्कासन गरेको बहुमतको निर्णय निर्वाचन आयोगमा शुक्रवार सम्म बुझाउन सकेको छैन् ।तर उनीहरुले शुक्रवार रातीदेखि नै जसपा कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर गराउन सबै ताकत लगाएका छन् । ‘कार्यकारिणी समितिका सदस्यहरुलाई प्रभावित गर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत कयौं शक्ति केन्द्रहरु सकृय छन्’ एकजना सदस्यले भने, राजकिसोर यादवलाई प्रधानमन्त्रीले मन्त्री बनाउनुको कारणपनि त्यै हो । उच्च स्रोतका अनुसार जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भटट्राइ निकटका कार्यकारिणी सदस्यहरुलाई प्रभावितपार्न ठाकुर–महतो समुह लागिपरेका छन् । तराई मधेशका कार्यकारिणी समिति सदस्यहरु हल्लिने संभावना कमजोर देखेपछि सो समुहले भट्टराई समर्थितलाइ आर्थिक प्रलोभनमा पार्न प्रयासरत्त रहेको स्रोतको दावी छ । आइतवार सम्म ठाकुर– महतो समुहले आयोगमा बहुमत सदस्यहरुको हस्ताक्षर बुझाउन नसके यादव समुहले गरेको निष्कासनको कार्वाही सदर हुनेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले महन्थ ठाकुरले कार्वाही गरेको निर्णयको प्रतिलिपि शुक्रवार सम्म नआएको बताए । उनले मागेको समय आइतवार सम्म रहेकाले त्यो दिन बुझाउन सक्ने प्रवक्ता श्रेष्ठले जनाए । ठाकुर समुहले यादवलाई निष्कासन गरेको बहुमतको निर्णय आयोगमा प्रस्तुत गर्न नसके यादव समुहले बहुमत सहित गरेको निर्णयलाई नै मान्यता दिइनेछ । त्यसो भए जसपाबाट ठाकुर, महतो, कर्ण र शुक्ल बाहिरिने छ । ठाकुर निकट एक सदस्यका अनुसार आयोगको निर्णयलाई अल्झाउन किर्ते भएपनि बहुमत सदस्यको हस्ताक्षर सहितको माइन्युट बुझाउने तयारी भइसकेको छ ।