१६ चैत्र २०८०, शुक्रबार

क्रेन बाेकेकाे ट्रकमा करेन्ट लागेर बाग्लुङ र स्याङ्जाका दुई युवाकाे मृत्यु

jcb truck 1024x768 1

क्रेन बाेकेकाे ट्रकमा करेन्ट लाग्दा बाग्लुङ र स्याङ्जाका दुईजना युवाकाे सोलुखुम्बुमा मृत्यु भएकाे छ ।

जिल्लाकाे सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसिबी क्रेन बोकेर पोखरा आँउदै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा करेन्ट लागेकाे प्रहरीले जनाएकाे छ ।

रोडमाथि टागिएको बिद्युतको मेन तारमा जेसिबीले छुन गइ करेन्ट लाग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ जिल्लाकाे बडीगंगा गाऊपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिबी चालक स्याङजा जिल्लाका २३ बर्षीय राम परीयार रहेका छन् ।

घाइतेहरुमा ट्रकका सहचालक बाग्लुङकाे मालिटा गाऊपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सोलु र प्रहरी चौकी पतालेबाट गएकाे प्रहरी टोलीले घाइतेहरुलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

truck pokhara