८ बैशाख २०८१, शनिबार

गणेश लामाको गिरफ्तारीप्रति काँग्रेसको भर्त्सना

ganesh lama
फाइल फोटो

बिहीबार पोखराबाट गणेश लामालाई गरिएको गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे काँग्रेसले भत्र्सना गरेको छ । काँग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

निषेधाज्ञाकाको समयमा पोखरा आइपुगेका लामालाई सोधपुछका लागि नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बैदाममा राखिएको कास्की प्रहरी प्रमुख एवं एसपी जीवनकुमार श्रेष्ठले बताउनुभयो ।

‘निषेधाज्ञाकाको समयमा अचानक पोखरामा भेटिएपछि हामीले उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ , उहाँसँग सोधपुछ गर्ने कार्य जारी छ’, एसपी श्रेष्ठले भन्नुभयो ।

अचानक काठमाण्डौबाट पोखरा आइपुगेका लामालाई कास्की प्रहरीले पोखराको लेकसाइडबाट नियन्त्रणमा लिएको हो ।

पछिल्लो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय बनेका लामा प्रदेश राजनीतिले नयाँ मोड लिएका बेला पोखरामा भेटिनुले राजनीतिक चलखेल गर्नका लागि आएको भनेर आशंका पनि गरिएको छ ।

आम निर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवार समेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउनमा भूमिका खेलेको बताउने गरिएको छ । त्यही प्रतिशोध साध्न प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे काँग्रेसको ठहर छ ।