२२ बैशाख २०८१, शनिबार

भरतपुर–११ को नवजागृति वनमा गैंडाको खाग भेटियो

gaidako khag
फाइल फोटो

भरतपुर–११ को नवजागृति वनमा गैंडाको खाग भेटिएको छ ।

जिल्ला प्रहरीका कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीका अनुसार आज बिहान ७ः२५ बजे गैंडाको खाग भेटिएको हो ।

स्थानीयले खबर गरेपछि प्रहरी र जिल्ला वन कार्यालय चितवनको टोली भरतपुर ११ नवजागृति वनस्थित खगेरी खोलाको चौरमा पुगेको थियो ।

खाग सुरक्षित रहेको र दुई वटा गैंडा जुधेका कारण खाग भाँचिएको हुन सक्ने प्रारिम्भक अनुमान गरिएको एसपी अधिकारीले जानकारी दिए । खाग भेटिएको ठाउँमा झाडी माडिएको र रगत लतपतिएको भेटिएको उनको भनाइ छ । खाग जिल्ला वन कार्यालयमा राखिएको छ ।