८ बैशाख २०८१, शनिबार

एमालेबाहेकका दलको बहुमत पुग्ने सम्भावना छैन, मलाई मत दिनोस् : गुरुङ

Prthiv subba Gurung
फाइल फोटो

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा (एमाले)बाहेकका दलको बहुमत पुग्ने र सरकार बन्ने सम्भावना नरहेको जिकिर गरेका छन् ।

उनले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका छन् । उनले संविधानको धारा १६८ (३) बमोजिम सरकार सञ्चालन गरेर ४ बमोजिम विश्वासको मत लिन लागेको जानकारी दिए ।

उनले विश्वासको मत दिन सबै प्रदेश सांसदलाई आग्रह पनि गरे । मुख्यमन्त्री गुरुङले सभामा विश्वासको मतको प्रस्ताव पेस गरेका छन् । अब प्रस्तावमाछि छलफल हुने कार्यसूची छ । त्यसपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिन्छ ।