
प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेर पूर्णता दिएका हुन् ।
नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सञ्चारमन्त्रीमा पूर्वगृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनकला थापालाई बनाइएको छ ।
हेर्नुहोस्, मन्त्रिहरुको सूचि :
१. नारदमुनी राना, वनमन्त्री
२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. खगराज अधिकारी, गृहमन्त्री
४. नैनकला थापा, संचारमन्त्री
५. ज्वालाकुमारी साह, कृषिमन्त्री
६. . राजकिशोर यादव, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री