१५ चैत्र २०८०, बिहीबार

भागबण्डा नमिलेपछि माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भएन

Province No. 2

जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ। प्रदेश २ सरकारको सत्ता साझेदारीमा नेपाली कांग्रेससहित माओवादी केन्द्रलाई सहभागी गराउने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारमा सहभागी भएको प्रदेशसभा सदस्य जगत यादवले जानकारी दिए।

माओवादी केन्द्रबाट वार्ताका कार्यदलमा सदस्य रहेका प्रदेशसभा सदस्य यादवले दुईवटा मन्त्रालय दिने अनौपचारिक सहमति भए पनि एक मन्त्रालय मात्र दिने भनेपछि सरकारमा नजाने निर्णए दिएका हौं।

‘मुख्यमन्त्री लालबाबु राउतले दुईवटा मन्त्रालय दिने सहमति गरेको थियो, तर अहिले कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय मात्र दिने भनेपछि सरकारमा जानु औचित्य नहुँदा बाहिरिएका हौं’, उनले भने।