१५ बैशाख २०८१, शनिबार

स्थानीय तहमा पठाएको सशर्त अनुदानको योजनालाई सच्चाइने : मुख्यमन्त्री राउत

rauttt

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा पठाएको सशर्त अनुदानको योजनालाई सच्चाइने प्रतिवद्धता जनाउनुभएको छ ।

बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले सशर्त अनुदानको योजनामा कुनै त्रुटि भएको सच्चाउने बताउनुभएको हो । यसअघि प्रदेशसभा सदस्यहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै मंगलबार विपक्षी दलहरुले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका थिए । मुख्यमन्त्री राउतले प्रदेशसभा सदस्यहरुले दिएको सुझाव र योजना सिफारिसलाई ध्यान दिइने जिकिर गर्नुभयो । प्रदेशसभा सदस्यहरुले दिएको योजना अनुसार नै धेरै ठाउँमा गएको र केही ठाउँमा त्रुटी भएको उहाले स्वीकार गर्नुभयो । त्यस्तै उहाले विनियोजन विधेयक वा अन्य विधेयक आएपछि गम्भिरतापुर्वक पढेर पारित गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राउतले प्रतिवद्धता जनाएपछि बुधबार प्रदेशसभा बैठक सञ्चालन भएको थियो । बैठकमा । प्रि–बजेटको छलफल भएको थियो । प्रदेश सरकारले बिहीबार नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।