१४ बैशाख २०८१, शुक्रबार

कमेडी च्याम्पियनबाट बाहिरिए ‘मेक्सम’

mexam gaudel

चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन’को फाइनलमा पुग्न बिष्णु प्रसाद गौडेल ‘मेक्सम’ असफल भएका छन् ।

उनी अन्तिम चरणमा प्रवेश गर्नबाट बञ्चित भएका हुन् । शोको छायांकन शनिवार भएदेखि नै मेक्सम बाहिरिएको चर्चा सामाजिक सञ्जालमा चल्न थालेको थियो ।

मेक्सम बाहिरिएको चर्चा सामाजिक संजालमा चलेपनि च्याम्पियनको टिमले भने यस बिषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन ।

टप ४ सम्म दमदार प्रस्तुती गर्दै मौलिकताको पहिचान बनाएका गौडेल टप ३ बाट बाहिरिएको कुरा कमेडि च्याम्पियनका एक महत्वपूर्ण निर्णायक मनोज गजुरेलले पोष्ट गरेको तस्विरबाट बुझ्न सकिन्छ ।

manoj

सेल्फि अफ द इयर क्याप्सन दिएर गजुरेलले पोष्ट गरेको फोटोमा गौडेललाई देख्न पाइदैन । जब की कमेडी च्याम्पियनमा आउट हुने सहभागिलाई मन्चमा देखाइने गरिएको छैन ।

तर, कमेडी च्याम्पियनको टिमले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा पुगेका छन् ।

हिमेशले उत्कृष्ट ४ को प्रस्तुतीमा ‘पर्फमर अफ दि राउण्ड’ बनेर टप ३ मा आफ्नो सिट सुरक्षित गरेका हुन् ।