७ बैशाख २०८१, शुक्रबार

कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणीलाई छ लाख पुरस्कार

218438094 1178427865996785 8965215299015576774 n

युनिक पौडेल

कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भतरमणी पौडेललाई छ लाख रुपैया राशीको पुरस्कार घोषणा गरिएको छ ।

पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा सो पुरस्कार घोषणा गरिएको हो । भट्टराईले व्यक्तिगत रुपमा एक लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रले दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख रुपैयाँ गरी छ लाखको पुरस्कार घोषणा गरिएको हो । सो पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ ।

ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको टप ६ मा प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लाको उदाउदो कलाकारलाई प्रोत्साहन स्वरुप सो पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताउनुभयो । उहाँकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङकासंघ संस्थाका प्रतिनिधीहरुको भेलामा उहाँले जिल्लाबासीका नाताले सबैले पौडेललाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

भट्टराईले जिल्लाका विभिन्न क्षेत्रका प्रतिभा तथा कलाकारहरुलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम पुरस्कार र अक्षय कोषसमेत स्थापना गर्दै आउनुभएको छ । कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने बताउनुभयो ।