१३ बैशाख २०८१, बिहीबार

भारतिय सुरक्षा निकायबाटै बारम्बार पीडा भोग्दै नेपाली, आफ्नै जमिनमा खेति गर्न रोक

ssp2021 06 09 10 59 54

सिमा नाकाको विवादकै कारण कञ्चनपुरका नागरिकले भारतिय सुरक्षा निकायबाटै बारम्बार दुख भोग्दै आईरहेका छन् । कञ्चनपुरको पुनर्वास,बेलौरी,दोधारा चाँदनी नगरपालिका लगायतका नागरिकले भारतीय सुरक्षाकर्मीबाटै पीडा भोग्दै आईरहेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षौंदेखि खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले खेती लगाउने र घर भित्राउने समयमा फेरी दुःख दिदै आईरहेको छ ।

सेतो पुर्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन। उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लगाउने समयमा भारतीय पक्षले आएर हरेक बर्ष दुःख दिने गरेको अधिकारीले बताए ।

२०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पुर्जा पाइसकेका छन् । यसरी नेपाली सिमा नाकामा दादा गीरी देखाउदै धम्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमा नाकामा दादागिरी देखाउनु भन्दा चाइना र कार्गेलमा गएर यस्तो दादागिरी देखाउनुस भन्ने प्रति उत्तर दिएका थिए।

तर एसएसबीले उल्टै नेपालीलाइ खेतबारीबाटै उठाएर लग्ने ठाडो धम्की दिएका छन् । स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने धम्कीसमेत एसएसबीले दिएका छन् । यसरी नेपाली सीमानाकामा बल प्रदर्शन गर्दै आइरहेका एसएसवीेको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयवासीले नेपालीमाथि भारतीय सुरक्षाबलको हेपाहा प्रवृतिले सीमा नाघेपनि बोलिदिने कोही नभएको गुनासो गरेका छन् । सिमानाकै कारणले २०७३ साल फागुन २७ गते कञ्चनपुरको पुनर्वास नगरपालिका ९ का गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो ।