१४ बैशाख २०८१, शुक्रबार

भारतीय अवरोधका कारण निर्माणाधिन दुई पुल अलपत्र

alpatra 626x375 1

सीमा विवाद कारण धनुषामा निर्माणाधिन दुई वटा पुल वर्षौदेखि अलपत्र अवस्थामा रहेको छ ।

धनुषाको मुख्यिापट्टी मुसरनियास्थित जमुनि नदीको ढलियाघाटमा निर्माणाधिन ५० मिटर लामो पुल ४ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । जनकपुरस्थित सडक डिभिजन कार्यालयको रेखदेखमा निर्माण हुने उक्त पुलको कार्य २००७४ मै सुरु भएको थियो । ढुकचु मायाङ जेभि निर्माण कम्पनीले ४ करोड १८ लाखमादुई वर्षमा काम समाप्त हुने गरि ठेक्का लिएका थिए । निर्माण कम्पनीले ठेकाको ढेड वर्षमा पुलको फाउण्डेशन पिलर तयार गरि करिव ५० प्रतिशतभन्दा बढि काम गरिसकेको अवस्थामा भारतीय पक्षले सीमाको विवाद गर्दै पुल निर्माण कार्य रोका गरिदिए । सीमाविवाद छ, भने सुरुमै रोक्नुपथ्र्याे, तर त्यो नगरि भारतीय पक्षले काम सुरु भएको झण्डै ढेड वर्षपछि मात्रै पुल निर्माणमा अवरोध गरे । पछि तत्लकालिन प्रमुख जिल्ला अघिकारीको पहलमा नेपाल र भारतका सर्वे टोलीले सो पुलको नाप नक्सा गरेपछि पुलको एउटा पिलर भारततर्फ परेको छ । भारतीय राजदुत मनजिवसिंह पुरीले पनि ती पुलको अनुगमन गर्दै समस्या समाधानका लागि पहल गर्ने आश्वान दिएका थिए । नेपाल–भारतको सीमा क्षेत्रमा पर्ने त्यो पुल दुवै देशको धार्मिक सांस्कृतिसँग समेत जोडिएको र मध्यमा मिथिला पक्रिमा तथा किशोरी जिको डोला सोहीबाट भएर आउने जाने गरेको सो पुल निर्माणमा सहयोग गर्न नेपाल पक्षले भारतीय दुतावासको माध्यबाट भारतका विदेश मन्त्रालयमा समेत पत्र पठाएका थिए ।

तर पत्र पठाएको झण्डै दुई वर्ष भईसक्दा पनि अहिले सम्म कुनै प्रतिक्रिया नआएको सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ । स्थानीयका अनुसार अहिले निर्माण भईरहेको पुल भन्दा करिव १० /१५ मिटर अगाडी सम्म नेपालको भुभाग रहेको थियो । तर भारतीय पक्षले विस्तारै विस्तारै सिमा अतिक्रमण गरेको स्थानीयहरु बताउँछन् । त्यसैगरि, जनकपुर–जटही सडक व्यापारिक राजमार्ग अन्तर्गत नगराईन नगरपालिकाको सीमावर्ति क्षेत्रमा नेपालले निर्माणाधिन पुल भारतीय पक्षकै अवरोधको कारण निर्माण कार्य रोकिएको छ । त्यसैगरि, मुख्यपिलर नम्बर २७८ स्थित सिमालाई लिएर पनि विवाद रहेको छ । यस अघि धनौजी कटैया र नेपाली गाउँ वैदही र भारतीय गाउँ खैराको बिचमा पर्ने दशगजा क्षेत्रमा भारतीयपक्षले सिचाईको लागि बाँध निर्माणका लागि माटो थुपारिएपछि स्थानीयले अवरोधका कारण वाँध निर्माण रोकिएको थियो । तर अहिले कोरोनाको महामारी रहेकोले त्यस तर्पm स्थानीय प्रशासन वा सरोकारवालाको ध्यान जान सकेको छैन ।