१६ चैत्र २०८०, शुक्रबार

अमेरिकी सर्वोच्च अदालतको फैसलाः अवैध रुपमा प्रवेश गर्नेले ग्रीनकार्ड नपाउने

SJM L TRAVTOPTEN11 1111 05

अमेरिकाको सर्वोच्च अदालतले अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा आफ्नो मुलुक फिर्ता गराउनबाट रोकिएका मानिसलाई ग्रीनकार्डको आवेदन दिनबाट रोक्न सरकारलाई निर्देशन दिएको छ ।

अमेरिकी सर्वोच्च अदालतकी न्यायाधीश एलेना कागनले सोमबार यस्तो निर्देशन दिएकी हुन् । यो निर्णयले अमेरिका अवैधरुपमा प्रवेश गरेर अहिले टीपीएस कार्यक्रममा बसिरहेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति पाउने आशामा बसेका मानिसहरु प्रभावित हुनेछन् ।

अमेरिका अवैधरुपमा प्रवेश गरेका मानिसहरुलाई स्थायी बसोबासको अनुमति दिन नहुने आवाज यसअघि पनि उठ्दै आएको थियो । अहिले सर्वोच्च अदालतले उक्त आवाजको सम्बोधन गरे पनि यसको स्थायी समाधान भने अमेरिकी संसद्ले मात्र दिन सक्ने जानकारहरुले बताएका छन् । अल सल्भाडोरबाट अवैधरुपमा आएको एक दम्पत्तीको मुद्दाको छिनोफानोको क्रममा सर्वोच्च अदालतले यस्तो फैसना सुनाएको हो ।

    सम्बन्धित समाचार...