१४ बैशाख २०८१, शुक्रबार

रातमा निद्रा लाग्दैन, अपनाउनुस् यी उपाय

sleeping

दिनभरको भागदौड, तनाव तथा धेरै काम गर्नुपर्नाका कारणले धेरै मानिसलाई रातमा राम्रो निद्रा नपर्ने समस्या हुन्छ । तर पर्याप्त निद्रा नपर्नु विभिन्न खाले रोगको कारक बन्ने अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् । जो मानिसहरु रातमा केवल ५.६ घण्टा मात्र सुत्दछन् उनीहरुमा मुटुरोग, हृदयाघात, मधुमेह तथा बाथ जस्ता खतरनाक रोगको खतरा बढ्दछ । त्यसैले कम्तीमा रातमा ७.८ घण्टा सुत्नुपर्दछ । तर कतिपय मानिसहरु सुत्न चाहँदा चाहँदै पनि रातमा निद्रा नलाग्ने समस्या हुन्छ । यसरी रातमा निद्रा नलाग्ने समस्या हटाउन यसो गर्न सकिन्छः

–रातमा सुत्नुभन्दा पहिले कफी नपिउनुहोस् । यसमा भएको क्याफाइन तत्वले मस्तिष्कलाई सक्रिय बनाइदिन्छ । जसका कारण निद्रा पर्दैन ।

– रातमा सुत्नुभन्दा एक घण्टा पहिले हल्का व्यायाम गर्नुहोस् । यसले मांशपेशीलाई सक्रिय बनाउँदछ र रातमा निद्रा नलाग्ने समस्या कम हुन्छ ।

–बेडरुमलाई सफाचट राख्नुहोस् । सुत्ने कोठाको तापक्रम सन्तुलित बनाउनुहोस् । निद्रा लागेन भने रातमा मधूर संगीतको ध्वनी लगाएर तथा हल्का प्रकाशयुक्त बत्तीको प्रयोग गरेर ओछ्यानमा पल्टिनुहोस्, विस्तारै निद्रा आउँछ ।

–रातमा सुत्नुभन्दा पहिले मोबाइल, ट्याबलेट, कम्प्युटर तथा टेलिभिजन जस्ता विद्युतीय सामानको प्रयोग नगर्नुस् ।

–सुत्नुभन्दा अघि नियमित रुपमा एक गिलास तातो दुध पिउने गर्नुहोस् । यसले रातमा मीठो निद्रा जगाइदिन्छ ।