४ बैशाख २०८१, मंगलवार

महिलालाई प्रभाव पार्न पुरुषमा हुनु पर्छ यस्ता गुण

couple boyfriend girlfriend road love kiss

महिलाहरु चाहन्छन् आफुले संगत गर्ने पुरुष संस्कारी र सहयोगी होस् । प्राय महिलाहरुले विश्वसिलो, इमान्दार र सहयोगी पुरुषसंग संगत गर्न चाहेका हुन्छन् । त्यति मात्रैले हुन्न महिलालाई प्रभाव पार्न कस्तो गुण हुनुपर्छ हेरौं ।

महिलालाई आदर गर्ने : हरेक महिलाहरु आफ्नो पुरुष साथीले आफ्नो आदर र इज्जत गरोस् भन्ने चाहन्छ । हेपेर बोल्ने र कुरा काट्ने पुरुष महिलालाई मन पर्दैन महिलाको इज्जत नगर्ने पुरुषहरुलाई उनीहरु मन पराउँदैनन् ।

साँचो माया गर्ने : ‘म तिमीलाई धेरै माया गर्छु’ भनेर मात्रै हुँदैन । व्यावहारिक रुपबाटै महिलाहरु कोमल हुने भए’काले पुरुषहरुबाट बढी मायाको अपेक्षा गर्छन् । उनीसँग संगै बसेर चिया पिउने, कस्तो छ भनेर सोध्नु, जन्मदिनको उपहार दिने जस्ता कार्यले महिलाहरु मख्ख पर्छन् ।

सुरक्षा दिने : महिलाहरुले आफ्नो पुरुष साथीप्रति चाहना राख्ने अर्को गुण उनीको सुरक्षा गर्न सक्नु । हरेक महिलाहरु आफ्नो पुरुष साथीबाट जुनसुकै अवस्थामा पनि आफू सुरक्षित छुँ भन्ने आभाष गर्न चाहन्छन् । व्यक्तिगत तथा सामाजिक दुवै रुपबाट पुरुषले महिलालाई सुरक्षा दिन सक्नुपर्छ । कुनै पुरुषबाट आफू असुरक्षित छुँ भन्ने लागेमा महिलाहरु त्यस्ता पुरुषको नजिक बस्न चाहदैनन् ।

धैर्यता : धैर्यवान पुरुषलाई महिलाहरु बढी मन पराउँछन् । यौन सम्पर्कको बेलामा मात्र होइन कि हरेक समयमा पुरुषहरुमा धैर्यता हुनु पर्छ । साना साना कुरामा आत्तिने, चिन्ता गर्ने, एउटै कुरालाई सोचेर बसिराख्ने पुरुष महिलाहरुले मनपराउदैनन् ।

नम्र एवं सहयोगी : घमण्डी तथा रिसाहा पुरुष महिलाहरुलाई मन पर्दैन । गम्भिर, नम्र र शान्त स्वभावका पुरुषहरु धेरै महिलाहरुले रुचाउँछन् । गफिएर बस्ने, हल्ला गर्ने एवं ठट्टा गर्ने पुरुषहरुलाई महिलाहरुले क्षणिक रुपमा मन पराए पनि लामो समय मन पराउदैनन् ।

    सम्बन्धित समाचार...