१४ बैशाख २०८१, शुक्रबार

धनुषा कोरोना अपडेट : मंगलबार ९१ जना संक्रमीत थप, १ जनाको मृत्यु

janakpur Janaki Mandir

पछिल्लो २४ घण्टामा धनुषामा मंगलबार ९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार सोमवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १५४० रहेकोमा मंगलवार ९१ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १५१९ रहेको छ भने आज धनुषामा निको हुनेमा १११ जना रहेको तथ्यांकले देखाएको छ । त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ । मंगलबार २८१ जना ले पिसिआर परिक्षण गराएकोमा ९१ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ। धनुषामा मृत्यु हुनेमा कमला नगरपालीका वार्ड नं १ बस्ने ४५ वर्षिय एक पुरुष रहेको छ भने उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

धनुषामा संक्रमीत मध्ये १४२१ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ६९ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २६ रहेको छ भने भेन्टिलेटरमा उपचारतको संख्या ३ रहेको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या ९० रहेको छ । धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३९ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६३२ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।