४ बैशाख २०८१, मंगलवार

प्रदेश सांसद रेग्मिले छोडेकै हुन त नेपाल समुह ?

baldev regmi2021 06 08 02 40 52 20210608144616

बाजुरा प्रदेश ‘क’ बाट निर्वाचित प्रदेश सांसद बल्देब रेग्मिले नेकपा एमालेको नेपाल समुह छोडेका छन् । भिम रावल नजिक मानिने सांसद रेग्मिले मंगलबार भएको मतदानमा मुख्यमन्त्री विरुद्ध मतदान गरेका हुन ।

यसअघि उनी नेपाल समूह तथा भीमबहादुर रावल नजिकका रुपमा चिनिदै आएका थिए ।रेग्मीले समूह परिवर्तन गरेसंगै सुदूरपश्चिम प्रदेश सभामा ओली पक्षिय प्रदेश सभा सदस्यको संख्या सात पुगेको छ । नेपाल पक्षमा अव १७ प्रदेश सभा सदस्य छन् ।

बिचमा तटस्थ रहेका ति महिना पहिला रेग्मि बाजुराको कोल्टिमा नेपाल समुहको बिरोध सभामा सहभागि भएका थिए । कोल्टिको कार्यक्रम सहभागि पछि पनि उनि मौन जस्तै देखिएका थिए । मंगलवार सुदूरपश्चिम प्रदेश सभामा मुुख्यमन्त्री विरुद्ध मतदान गरेपछि उनले नेपाल समुह छोडेको प्रष्ट भएको छ । मुख्यमन्त्रीका विपक्षमा नौ मत परेकोमा सात मत ओली समूहका एमालेको हो । दुई मत भने राजपाको हो ।