११ बैशाख २०८१, मंगलवार

यी हुन मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने एमालेका ७ जना सांसद

pardesh sava pt2021 06 06 09 42 53.2021 06 06 04 21 14.2021 06 07 08 22 05

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्रदान गर्न नेकपा एमाले संसदीय दलले गरेको निर्णयको ओली पक्षधर ७ जना सांसदले उल्लंघन गरेका छन् ।

सांसदहरु रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले विपक्षमा मतदान गरेको प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् ।

नेकपा एमाले पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो भने संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । विपक्षमा मतदान गर्ने सांसदहरुले पार्टीको निर्देशनको पालना गरेको बताएका छन् । सभामुखसहित ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टले ३० मत प्राप्त गरेका छन् ।