१३ बैशाख २०८१, बिहीबार

जसपा संसदीय दलको बिधान दर्ता, हस्ताक्षर र निर्णय माग हुने, सांसदले व्हिप उल्लंघन गरे निष्कासन

Province No. 2

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा)संसदीय दलको बिधान सहित दलको नेता र सचेतक चयन गरिएको पत्र सोमवार प्रदेश सभामा दर्ता गरिएको छ । जसपाका मुख्य सचेतक बनेका शैलेन्द्र यादवले बिधान र पत्र दर्ता गरिएको बताए ।

‘प्रदेश सभाले माग गरे अनुसार सभासदहरुको हस्ताक्षर सहितको माइन्युटपनि उपलब्ध गराउने छु’ उनले भने, बहुमत सदस्यहरुले गरेका निर्णयबाट बिधान पारित भएको र दलको नेता चयन भएका हुन् । जसपाको मुख्य सचेतकमा यादव एकजना मात्र अब कायम रहेकाले त्यै पदको सुबिधा लिइरहेका परमेश्वर साह भने अब सो सुबिधाबाट बञ्चित हुने भएका छन् । संभवतः उनलाई मंगलवार मुख्य सचेतकको सुबिधा खोसिएको जानकारी दिइनेछ । दलमा नै बिरोध साम्य नभएको कारण हस्ताक्षर दर्ता नभएको बताइएको छ ।फेरी दलका नेत ाचयन भएका मो.लालबाबु राउतसित असन्तुष्ट रहेका केहि सभासदहरुले हस्ताक्षर गरेका छैनन् ।

आइतवार राती मन्त्रीबाट हटाइएका जितेन्द्र सोनलले सोमवार बिहान बोलाएको पूर्व राजपाका सभासदहरुको बैठकमा १२ जना मात्र उपस्थित भएका थिए ।सभामुख बाहेक २४ जना रहेको पूर्ब राजपाका सभासदहरु मध्ये ५ जना जसपा अध्यक्ष उपेन्द्र यादवको समुहमा प्रवेश गरिसकेका छन् ।७ जना असन्तुष्ट सभासद मध्ये ५ जना काठमाण्डुमा , बाबुलाल साह र नेत्रबिक्रम साह प्रदेशमै रहेपनि बैठकमा सहभागिता जनाएनन् ।सोनल नेतृत्वको समुहले दिनभरि प्रदेश सभामै छलफल गरेपनि प्रदेश सभाको बैठकमा सहभागि भएनन् ।

‘पूर्व सपाले गरेको कार्य अलोकतान्त्रिक रहेकाले त्यसबारेमा हामी छलफल गरेका हौं ’असन्तुष्ट समुहका सभासद परमेश्वर साहले भने, अहिले कुनै ठोस निर्णय लिनु भन्दा केन्द्रिय निर्देशनको प्रतिक्षामा रहेका छौ । अल्पसंख्यामा परेका महन्थ ठाकुर–राजेन्द्र महतो समुहले व्हिप उल्लंघन गरे कार्वाहीमा पर्ने छन् ।‘प्रदेश सभामा हाल जनता समाजवादी पार्टी (जसपा) मात्र कायम रहेको छ ’प्रदेश सभाका सभामुख सरोज कुमार यादवले भने, दलको बिधान अनुसार व्हिप लगाएको जानकारी गराइए त्यसको उल्लंघन गर्ने सभासद कार्वाहीमा पर्नेछन् ।

सरकारले २७ गते नीति तथा कार्यक्रम र १ गते बजेट ल्याउने छ ।नीति तथा कार्यक्रम र बजेटमाथिको मतदानमा व्हिप लगाइने भएकाले असन्तुष्ट सभासदहरु समेतले सरकारको पक्षमा भोट गर्नुपर्नेछ । यसैबीच नेपाली काँग्रेस र माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन दिनभरि नै छलफल चलेको छ ।काँग्रेसले ३ र माओवादीले २ मन्त्रालय सहित त्यसमा राज्यमन्त्री समेत माग गरेकाले सत्तारुढ दललाइ मिलाउन सकस भएको छ । काँग्रेस र माओवादीका लागि मन्त्रालयको व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रीहरु नवलकिसोर साह, रामनरेश यादव र शैलेन्द्र साहलाई दिएकोछ ।उनीहरु मन्त्रालय टुक्रयाउन दिने सुझाव अनुसार मन्त्रालयको संख्या थप हुनेछ ।