११ बैशाख २०८१, मंगलवार

धनुषा कोरोना अपडेट : थप ११५ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

janakimandir

पछिल्लो २४ घण्टामा धनुषामा सोमवार ११५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार आइतवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १५५६ रहेकोमा सोमवार ११५ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १५४० रहेको छ भने आज धनुषामा निको हुनेमा १३० जना रहेको तथ्यांकले देखाएको छ ।त्यसैगरि आज धनुषामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ । आइतवार ४६८ जना ले पिसिआर परिक्षण गराएकोमा ११५ जनाको रिर्पोट पोजेटिभ आएको तथ्यांकमा उल्लेख छ।धनुषामा मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालीका वार्ड नं २४ बसहिया बस्ने ४५ वर्षिय एक पुरुष रहेको छ भने उनको जानकी हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

धनुषामा संक्रमीत मध्ये १४४६ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या ६८ रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या २५ रहेको छ भने भेन्टिलेटरमा उपचारतको संख्या १ रहेको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या ८९ रहेको छ ।धनुषामा स्वास्थ पुर्वाधार अन्तरगत ३८ वटा अस्पतालले सेवा दिदै आएकोमा जम्म बेडको संख्या ६१७ रहेको छ । त्यस्तै आइसीयुको संख्या ८३ रहेकोमा भेण्टीलेटरको संख्या २१ रहेको प्राप्त तथ्यांकमा उल्लेख रहेको छ ।