१४ बैशाख २०८१, शुक्रबार

४९ किलो गाँजासहित बाराबाट ३ जना पक्राउ

baramad 1 750x375 1

प्रहरीले बाराको महागढीमाई नगरपालिका–२ स्थित इनर्वा चोकबाट गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका अमिरका पासवान, रमेश चौधरी र राज कुमार ठाकुर छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुको साथबाट ४९ किलो गाँजा बरामद गरेको छ । सोमबार मध्यान्ह महागढीमाईको बरियापुरतर्फबाट तेलकुवा जाँदै गरेको ना.२ह ६१०६ नम्बरको अटो र पल्सर मोटरसाइकलमा सवार उनिहरुलाई चेकजाँच गर्दा सो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।