१५ चैत्र २०८०, बिहीबार

अब, राउटे बस्तीमा बाहिरका मान्छेलाई प्रवेश निषेध !

Raute

गुर्भाकोट नगरपालिका–११ का दुई युवतीमाथि यौन दुव्र्यवहार भएपछि प्रदेश सरकारले राउटे बस्तीमा बाहिरका मान्छेहरुलाई प्रवेशमा रोक लगाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार मान्छेहरूलाई बस्तीमा प्रवेश रोक्नका लागि करिब तीन दर्जन सुरक्षाकर्मी खटाइएको छ ।

मुख्यमन्त्री शाहीले भने, ‘अहिले त्यहाँ अन्य कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । अहिले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्रहरी खटाइएको छ ।’

केही दिनअघि दुई राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो भाइरल भएपछि प्रहरीलाई राउटे बस्तीमा सुरक्षा कडा बनाउन निर्देशन दिइएको छ ।

दुई युवतीमाथि भएको घटना निन्दनीय भएको बताउँदै दोषीलाई कडा कारवाही गर्न निर्देशन दिइसकेको पनि उनले बताए ।

राउटे बस्तीका युवतीलाई पूर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गर्न त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई बोलाएर छलफल गरेको पनि मुख्यमन्त्री शाहीले बताएका छन् । त्यससका लागि युवतीलाई काउन्सिलिङ गर्न तीन सदस्यीय कार्यदल नै खटाइएको उनले बताए ।

    सम्बन्धित समाचार...