१३ बैशाख २०८१, बिहीबार

विक्कीलाई अरु अभिनेत्रीलाई चुम्बन नगर्न कट्रिनाको चेतावनी

Vicku Kaushal Katrina Kaif Marriage 800x445 1

अफेयरमा रहेका बलिउड अभिनेत्री कट्रिना कैफ र विक्की कौशलबीचको लफडा बाहिरिएको छ । गहिरो प्रेममा रहेका कट्रिनाले पर्दामा अरु हिरोइनलाई चुम्बन गर्न प्रेमी कौशललाई निषेध गरेकी छन् । एक समाचारमा अनुसार उनले अरु हिरोइनसँग अन्तरंग दृश्य पनि नगर्न प्रेमीलाई चेतावनी समेत दिएको बुझिएको छ ।

दुवैजनाले अफेयरमा रहेको कुरा बाहिर नआएपनि उनीहरुको गतिविधिका कारण सामाजिक सञ्जाल तथा गसिपका पात्र भने दुवैजना बनिरहेका छन् । अर्को के कुरा पनि बाहिरिएको छ भने दुवैलाई अफेयरमा चलेको कुरा सार्वजनिक नगर्न विक्की कौशलका बुबा श्याम कौशलले सुझाव दिएका छन् । प्रेमी भन्दा प्रेमिका अर्थात कट्रिना विक्कीभन्दा ४ साल जेठी रहेकी छन् ।