१३ बैशाख २०८१, बिहीबार

ओलीको वक्तव्य अलमलाउन आएको होः रामकुमारी झाक्री

Ram Kumari Jhakri

एमाले माधव नेपाल-झलनाथ खनाल समूहकी नेत्रृ राम कुमारी झाक्रीले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीबाट आएको पार्टी एकताको वक्तव्य एकता नहुने डिजाइनका साथ आएको बताईन । यसमा भ्रममा नपर्न पनि उनले सबैलाई आग्रह गरेकी छन् ।

सामजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले एक पक्षीय ढंगबाट आएको ओलीको वक्तव्य एकताका लागि जारी नगरिएको दाबी गर्नु गरेकी हुन् ।

मिडियामा आएको ओलीको वक्तव्य पढेर आफूलाई खुशी लागेपनि एक पक्षबाट आएको यो वक्तव्यले पार्टी एकता जोगाउन नसक्ने झाक्रीको ठहर छ ।

यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ, झाक्रीले फेसबुकमा लेखेकी छिन ।

यस्तै ४ नम्बर बुँदामा हस्ताक्षर फिर्ता गरिनेछ भन्ने उल्लेख भएपनि संविधानलाई क्रियाशिल गराउन संसद पुनस्थापना नभएसम्म हस्ताक्षरण फिर्ता नहुने उनले स्पष्ट पारीन ।

साथै यस विषयमा स्थायी कमिटीको बैठक बसेर धारणा तय गर्ने पनि झाँक्रीले बताईन ।

आइतबार ओलीले पार्टी एकताका लागि पार्टीलार्ई २०७५ जेठ ३ गतेकै अवस्थामा फर्काउने घोषणा गर्नु भएको थियो।

झाक्रीले फेसबुकमा लेखेकी छिन

भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। अब रह्यो नेकपा एमालेको एकताको कुरा: यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ। अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ।

Capture 2