
फाइल फोटो
एमाले नेता वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति विखण्डनकारी भएको बताएका छन्।
संविधानको मर्म विपरीत काम गर्ने छैन भनेर सपथग्रहण गरेको आधा घण्टा नबित्दै बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूहरुले अहिले पनि सञ्चालन गरिरहेको भन्ने अभिव्यक्तिप्रति नेता गौतमले आपत्ति जनाएका हुन्। संविधानअनुसार ‘नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ,’ उनले भने।